हाम्रो बारेमा
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू –संरक्षण विभाग अन्तर्गत्को नेपालको सम्पूर्ण भूभाग समेटेर स्थापित चारवटा वृहत् जलाधार व्यवस्थापन केन्द्रहरु (कोशी, गण्डकी, कर्णाली, महाकाली) मध्येको यस वृहत् जलाधार व्यवस्थापन केन्द्र, कोशीले २४ वटा जिल्लाको ४२०९०.९० वर्ग किलोमीटर क्षेत्रलाई आफ्नो कार्यक्षेत्रको रुपमा लिएर कार्य गर्दै आएको छ। यस केन्द्र अन्तर्गत् समेटिएका जिल्लाहरु यस प्रकार छन्ः प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, र वागमती परदेशका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक। वि.सं.२०७५ साल आश्विन २६ गते उदयपुर, गाईघाटमा यस केन्द्रको स्थापना भई एकीकृत जलाधार व्यवस्थापन सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको छ।
समाचार
- हाम्रो बारेमा
- कार्यरत कर्मचारीहरु